सामाजिक सञ्जाल

विखण्डनकारी सिके राउतलाई अंगाल्दैँँ, विप्लवमाथि प्रतिबन्ध लगाउनु गलत- नायिका थापा

काठमाडौँ । चर्चित नायिका रेखा थापाले देशभक्त नेपाल कम्युनिष्ट्र पार्टी ‘विप्लव’ माथि सरकारले गरेको प्रतिबन्ध गलत भएको बताएकी छन् ।

उनले आफ्नो फेसबुकमा स्टाटस राख्दैँ सरकारले विखण्डनकारी सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको बाताएकी छन् । उनले देशभक्त नेपाल कम्युनिष्ट्र पार्टी ‘विप्लव’ लाई सरकारले जब।जस्ती युद्ध थोपर्न खोजेको आरोप लगाएकी छन् ।

उनले फेसबुकमा यस्तो स्टाटस राखेकी छन्, “यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ११ देशभक्त ‘विप्लव माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हूने निश्चित छ ।”