साहित्य

“बलात्कारीलाई फाँसी छानीछानी हुनुपर्छ”

अब दुधको दुध अनि पानीको पानी हुनुपर्छ ।
बलात्कारी  लाई फाँसी  छानीछानी हुनुपर्छ ।।

चार अरब घोटाला भयो अरे वाइड बोडी किन्दा ।
तपाईको   विचारमा  कस्को  मनोमानी  हुनुपर्छ ।।

देशलाई समृद्धिको पथमा अग्रसर गराउनु छ भने ।
सर्वप्रथम त  भ्रष्टाचार मुक्त  राजधानी  हुनुपर्छ ।।

सधैं कुकुर बिरालो झैं झगडा गर्छन् छिमेकी ।
उनीहरु पक्कै पनि देउरानी जेठानी हुनुपर्छ ।।

झाङ्गिएर पूरा मुलुककाई ढाक्नुभन्दा पहिला ।
अब भ्रष्टाचार को जरैबाट  फँडानी  हुनुपर्छ ।।

देशकै माटोमा पसिना बगाउन तैयार छौँ युवाहरू ।
पहिला  सरकारबाट   उचित  लगानी   हुनुपर्छ ।।

उ सडकमा एक तस्बिर लिएर घुम्छ पागल झैँ ।
पक्कै उस्को मेरो उस्ता –उस्तै कहानी हुनुपर्छ ।।

आमा रुनुहुन्छ स्वर्गीय बाबा र साहुको ऋण सम्झी ।
मलाई लाग्छ  मेरो  हातमा  अब  राहदानी  हुनुपर्छ ।।

धोकेबाज लाई सुन्दरताको धेरैनै  घमण्ड  थियो ।
तर कहिल्यै सोचिनन् त्यो मुहार खरानी हुनुपर्छ ।।

गरीबसँग जथाभावी कर असुली गर्नु भन्दा बरु ।
संसदहरुले   पाउने   भत्ता   कटानी   हुनुपर्छ ।।

तपाईं एक असल अग्रज हुनुहुन्छ भने सुन्नुहोस् ।
सबैलाई  एकै   दृष्टिकोण  हेर्ने  बानी  हुनुपर्छ ।।

उनी मेरी प्रेमीका हुन उस्को श्रीमती भन्दा पहिला ।
उन्को हातमा हेर्नू आर लेखेको निशानी हुनुपर्छ ।।

साहित्य प्रेमी राजन ज्ञवाली
✍️राजन ज्ञवाली