समाचार

भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।
मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत छन् । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अस्वघोषले करीब १५० कृतिहरु प्रकाशित गरेका छन् ।

उहाँ अखिल भिक्षु महासङ्घको सल्लाहकारसमेत रहनुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिएको छ ।