अन्तर्राष्ट्रिय

बाढी र पहिरोमा परी एघारको मृत्यु

साओ पाउलो । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ ।

भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जाने सडकमार्ग अवरुद्ध भएको बताइएको छ । साओ पाउलोका कार्यबाहक मेयर इदुवार्दो तुमाले एक रातमा मार्च महिनाभरी पर्ने वर्षाको ८० प्रतिशत वर्षा भएको बताउनु भएको छ ।

अझै पनि वर्षा जारी रहने मौसम विज्ञहरुले जानकारी दिएका छन् ।