अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्छु– मन्त्री मास

इस्लामाबाद । जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । पछिल्लो समयमा उत्पन्न भएको दुई देशबीचको तनाव न्यूनीकरण गर्दै नयाँ दिल्ली र इस्लामाबादलाई एउटै टेबुलमा ल्याउने प्रयास गर्ने उनले मङ्गलबार बताए ।

इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भारत र पाकिस्तानको पछिल्लो तनावपूर्ण अवस्थाका बारेमा मलाई चासो लागेको छ, मैले यसलाई न्यूनीकरण गराउने प्रयास गर्नेछु ।” उनले वार्ताबाटै समस्या समाधानको बाटोमा दुवै देश आउने विश्वास पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

दुईदिने भ्रमणका लागि उनी मङ्गलबार इस्लामाबाद आएका हुँन । भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको छ ।