गण्डकी प्रदेश

आर्थिक अभावको समस्यामा परेको विद्यालयलाई एक लाख सहयोग

 गलेश्वर ।आर्थिक अभावका कारण शिक्षकलाई तलब खुवाउन नसकेर समस्यामा परेको म्याग्दीको एक विद्यालयलाई एक व्यक्तिले रु एक लाख आर्थिक सहयोग गरेका छन्।

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसी निवासी हाल ‘युके’मा कार्यरत दलबहादुर रोकामगरले दुखुलेकस्थित मालिका आधारभूत विद्यालयलाई रु एक लाख सहयोग प्रदान गर्नुभएको हो ।

रोकामगरले सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम रोकामगर र प्रअ पहलबहादुर रोकामगरलाई हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी एवं चन्दादाता रोकामगरले दुर्गम क्षेत्रमा रहेको विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि, गरीब विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा सघाउने, भौतिक पूर्वाधार निर्माण र प्राविधिक शिक्षाको विकासका लागि आर्थिक सहयोग गरिएको बताए ।