राजनीति

राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह कुनै हालतमा मान्य हुदैन: बरिष्ठ नेता पौडेल

रुपन्देही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व निर्णय भएको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले पृथकतावादी गतिविधि गरेको समूहलाई सहमतिमा ल्याउनु राम्रो भए पनि यसले अनेक आशङ्का पैदा गरेको बताए । “ सहमतिमा कालान्तरमा जनमत सङ्ग्रहको कुरा आएको छ, राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह मान्य हुदैनँ ।” नेता पौडेलले सहमति पछि विभिन्न कुरा आएकोले सरकारले छिटो शङ्काको निवारण गर्नुपर्ने बताए । उनले भने, “सिके राउतले जनमत सङ्ग्रहका लागि सरकार तयार रहेको भन्दै हिँडेका छन्, यो आपत्तिजनक छ ।”