विचार/ब्लग

इतिहास-शिरमणि बाबुराम आचार्यको १३२ औ जन्मजयन्ती

कञ्चन शर्मा आचार्य/हामी साधनाशील एक यस्ता मानिसको १३२ औँ जन्मजयन्ती मनाइ रहेका छौँ, जसलाई नेपाल आमाका सुपुत्रको रुपमा पहिलो पङ्क्तीमा नै सहजै गणना गर्न सकिन्छ । यी तीनै महामना नेपाली अन्वेषक हुन्, जसले आफ्नो अद्दितिय प्रतिभा र अनवरत साधनाद्वारा नेपाली भाषा, साहित्य, सस्कृति र इतिहासलाई अन्धकारबाट उज्यालोतिर ल्याइदिएका छन् “नेपाली इतिहासका जिवित विश्वकोष” वा “नेपाली इतिहासका अक्षय स्रोत”को रुपमा प्रसिद्धि प्राप्त गरेका यिनै प्रतिभाको नाम हो — बाबुराम आचार्य ।

बाबुराम आचार्यको जन्म वि.सं १९४४ फागुन २९ गते शनिबारमा एक निम्न— मध्यमवर्गीय बाह्राण परिवारमा भएको हो । पिता धर्मदत्त आचार्य र माता शिवकुमारीका पहिलो सन्तानको रुपमा काठमाडौँको गौंचरणमा उनले सर्वप्रथम यस पृथ्वीमा पाहिला टेकेका थिए । उनको न्वारनको नाम गिरिराज थियो । आफ्नो प्राथमिक शिक्षा उनले पिता मह पशुपति आचार्यबाट प्राप्त गरे । त्यसपछि उहाँलाई अङ्ग्रेजी शिक्षाको निमित्त दरबार — स्कुलमा लगिएको थियो, तर कारणवश त्यहाँ अध्यायन गर्ने स्वीकृति प्राप्त भएन र रानीपोखरीको सस्कृत— पाठशालामा भर्ना हुन पुगे, आफ्नो प्रारम्भिक शिक्षा त्यहीनै पुरा गरी १७ बर्षको उमेरमा उनी उच्च शिक्षाको निमित्त वनारस गए, तर परिस्थतिवश त्यहाँ पनि अध्यायनको निमित्त दुई वर्षभन्दा बढीको समय प्राप्त हुन सकेन । तैपनि यस छोटो अवधिमा पनि त्यहाँका विशिष्ट विद्वानहरुबाट ज्योतिष, धर्मशास्त्र र व्याकरणशास्त्रको गम्भीर अध्ययन गर्न जुन अवसर उनले प्राप्त गरे, त्यसबाट उनको प्रतिभाको विकासमा निकै सहयोग मिलेको पाइन्छ ।

उनका पिता धर्मदत्तको राजगुरु कुवलयराज पण्डीतसँग पहिले देखिनै सम्र्पक थियो । त्यसैले उनले आफ्नो कार्यकाल उनैको निजि विद्यालयमा शिक्षकको रुपमा सुरु गर्ने अवसर प्राप्त गरे । त्यहीँनै छिटै उनी बझाँगी राजा जयपृथ्वीबहादूर सिंहको सम्पर्कमा आए । त्यति खेरका प्रसिद्ध विद्वान वीरेन्द्रकेशरी अर्यालसँगको सानिध्य पनि त्यही प्राप्त भयो । यी तीन विशिष्ट प्रतिभाहरु आफ्ना समयका निकै स्वाभिमानि व्यक्ति मान्न्थिे । यिनीहरुको विचार र चरित्रको प्रभाव नवयुवक आचार्यमा पनि पर्नु स्वाभाविक नै थियो । यसैले यि विद्धानहरुको सम्पर्कबाट आचार्यको जीवनधारा अर्कोतिर मोडियो । समान्य जीवन चर्याबाट माथि उठेर अब उनी तृषा—तृप्तीको निमित्त ज्ञान—गङ्गाको खोजीमा अघि बढि सकेका थिए ।

स्व.इतिहासशिरोमणि बाबुराम आचार्य

प्रस्तावित, परीक्षायमा विशिष्ट स्थान प्राप्त गर्ने परिक्षार्थीहरुलाई उचित राजकिय पद प्रदान गर्ने भन्ने नेपालमा पहिलो पटक लागू भएको सरकारी व्यवस्था अनुसार परिक्षामा सर्वप्रथम भएर वि.सं १९६७ मा बाबुराम आचार्य निजामती सेवाको खरदारको सरकारी पदमा प्रवेश गर्न सफल भए । त्यसपछि वि.सं १९७६ मा उनले जविनमा पहिलोृ पटक विपत्तिको सामना गर्नु प¥यो । स्वास्थ्य क्षीण भएको अभियोगमा यसै वर्ष उनको भएको जागीर खोसीयो र उनले आफ्नो पिताजीलाई पनि यसै वर्ष गुमाए । तर स्वास्थ्य ठिक भएपछि आफ्नो पुरानो पदमा पुनः थामिए ।तर आश्चर्य ३१ वर्षसम्म इमान्दारीपूर्वक सेवा गर्दा पनि उनले कहिलै खरदारको पदबाट माथि उक्लन पाएनन् र बि.सं. १९९८ मा उनले यसै पदबाट अवकास प्राप्त गरे ।

विश्वको सर्वोच्च शिखरको नाम ‘सगरमाथा’ हो भन्ने तथ्यको आविष्कार गर्ने श्रेय पनि आचार्यलाई नै प्राप्त भएको छ । माउण्ट—एभरेसटको नामले विदेशी विद्धान्को नाममा प्रसिद्धि प्राप्त गरेको यस सर्वोच्च—शिखरलाई ‘सगरमाथा’ भन्ने नेपाली नाम दिनु नेपालका प्रशासकहरुको दृष्टिमा ज्यादै अपराधपूर्ण काम थियो । यसैले यस सम्वन्धी लेख प्रकाशित गराए बापत उनले निक्के हप्की खाए र झण्डै—झण्डै जागीर पनि गुमाएका थिए । तर राष्ट्रको निमित्त यो पनि उनको ठुलो देन थियो र पछि यसले ठुलो काम दियो पनि । यस्तो गुन लगाए बापत उनले विशेष सम्मान पनि प्राप्त गरे । विश्वको यस सर्वोच्च—शिखरमाथि सर्वप्रथम विजय प्राप्त गर्दा विजेता तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारीलाई नेपाल र नेपालीको तर्फबाट विजयहार पहिराउने सौभाग्य बाबुरामलाई नै प्राप्त भएको थियो । यस बेला उनी काठमाडौँमा राष्ट्रिय—स्वागत—समारोह्र—समितिका अध्यक्षको पदमा सम्मानित थिए ।

आचार्यको जीवन अत्यन्त सादा र विचार अतिशय उच्च भएअनुसार स्मरणशक्ति ज्यादै तीव्र थियो । मानव सामाजको राजनीतिक, आर्थीक, सामाजिक उत्थान र पतनका्े लेखाजोखा नै इतिहास हो भन्ने उनको धारण थियो । यसै धारणअनुसार साधनहीन र चक्षुहीन र रुग्ण जिवनमा पनि अद्धितीय प्रतिभा र ज्ञानचक्षुको भरमा कत्ति अल्छी नमानी नेपालसम्बन्धी अध्ययन र अनुसन्धानमा जीवन अर्पण गरे । उनले देश र समाजको निमित्त जुन किसिमको कठोर साधना गरेर नेपाली साहित्य र इतिहासप्रति समस्त नेपालीहरुको ध्यान एकत्रित गरी रुचि बढाइदिए, त्यसबाट यस क्षेत्रमा अभिरुचि राख्ने सम्पूर्ण नेपालीहरुलाई सदैव प्रेरणा प्राप्त भैरहनेछ, यसमा शङ्का छैन ।

यस किसिमले योगदान गरी स्व. आचार्यले नेपाली मात्रलाई जुन किसिमको ऋण लगाएका छन्, त्यसलाई हामी कसरी चूक्ता गर्न सकौंला ? हामी सबैले गम्भीररुपमा विचार गर्नुपर्ने बेला नाघ्न आटिसकेको छ । देशको विकासका लागि सबैभन्दा महत्वपूर्ण मानिएको पर्यटन क्षेत्र मानिने र त्यसको नेपाली नामाङ्करण गर्ने ईतिहास शिोमणि बाबुराम आचार्यलाई देशले ईतिहाश शिरोमणिबाट मात्र सम्मान गर्ने कि उनको बिषयमा अझ योगदानको कदर गर्ने भन्ने मुख्य चासोको विषय हो । उक्त कुरा चासोको विषय हुंदा हुंदैपनि प्रा. डा. तुलसीराम बैद्यको अध्यक्षतामा इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान गठन भएको छ उक्र प्रतिष्ठानले स्व. आचार्यको योगदानको लागि महत्वपूर्ण भूमिका खेल्न नेपाल सरकार र सम्वन्धित व्यक्ती तथा संस्थाहरुसंग समन्वय गर्नेछ भन्ने विश्वास लागेको छ ।

(लेखक इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष तथा स्व. आचार्यकी नातिनी  हुन् )