आर्थिक

एनआई सी एशिया बैंकको नयाँशाखा सप्तरीको महादेवामा

काठमाण्डौ । एनआई सी एशिया बैंकको महादेवा गाउँपालिकावडा नं ६, सप्तरी स्थित महादेवाशाखाको महादेवागाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवबाट मंगलबार भव्य समारोहकाबिच समुद्घाटन सु–सम्पन्न भएको छ । उक्तशाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १४ लाख ५० हजार आदरणीय ग्राहकसाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।