गण्डकी प्रदेश

भूकम्पले क्षति भएका १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न

तनहुँ । भूकम्पले क्षति पु¥याएकामध्ये १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । शिक्षा विभाग र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट १४५ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट २० गरी कुल १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको हो ।

तनहुँमा प्रावि, निमावि र मावि गरी कूल ४८६ सामुदायिक विद्यालय रहेकोमा भूकम्पबाट २९१ विद्यालयमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति भई निर्माण हुन बाँकी रहेका १२६ विद्यालयमध्ये चालू आर्थिक वर्षमा ५२ विद्यालय निर्माणाधीन अवस्था छन् भने बाँकी ७४ विद्यालय आव २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य रहेको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा तनहुँका एकाइ प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाटले बताए ।

उनका अनुसार यस आवमा निर्माणाधीन ५२ विद्यालयमध्ये चार कोठेका २२ आरसिसी भवन छन् भने तीन कोठेका पाँच र दुई कोठेका २५ वटा ट्रष्सबाट निर्माण गर्ने छन् । “निर्माणाधीन विद्यालयको ५० प्रतिशत बढी काम भइसकेको छ”, उनले भने, “गुणस्तर सामानको प्रयोग, मापदण्डअनुरुप काम भए नभएको विषयमा अनुगमन कार्यलाई समेत तीव्रता दिने गरिएको छ ।