बाग्मती

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ १७ बर्षीय थापामगरको मृत्यु

बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।

देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पुर्याएको केही समयमा नै मृत्यु भएको हो । बा६३प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।