राजनीति

ओली सरकार र सिके राउतबीचको सम्झौता कुनैपनि नेपालीले स्वीकार्दैनन् : डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईालाले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार र स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउतबिचको सहमती पश्चात नेपालको राजनीति तरंगित बनेको बताएका छन् ।

डा कोईराला भन्छन्, ‘बिद्रोही समूहलाई संबिधान र राज्यको मूलधारमा ल्याईनू उपयूक्त भएतापनि सहमतीको दोस्रो बुँदामा उल्लेखित “जनअभिमत” (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको बिपक्षमा देखिन्छ। यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन्।’

डा कोईराला भन्छन्, ‘यस सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको छ। सहमतिको मसी सक्न नपाउँदै जनकपुरमा सिके राउत समूहको जून परिदृश्य देखियो त्यसले हामीलाई गम्भिर मात्रै बनाएको छैन बरु हामीलाई झस्काएको समेत छ। दुबै पक्षबाट यसको अबिलम्ब निदान हून जरुरी भएको उनले बताएका छन् ।’