आर्थिक

इन्भेष्टमेण्ट बैंक र मेडिकल कलेजबिच काउन्टर र एटिएम सञ्चालनको उद्घाटन

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११ औं एक्स्टेन्सन काउन्टर र १११ औं एटिएम एक साथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे ।

आजैदेखि मेडिकल कलेजमा जन्मने नवजात शिशुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुने KMC मामेडिकल साइन्सका विभिन्न संकायमा हजार भन्दा बढी विद्यार्थी अध्यायनरत छन् भने हजारकै हाराहरीमा डाक्टर तथा कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरि रहेको मेडिकल कलेजसंगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उदेश्यले बैंकले सेवा विस्तार गरेको हो ।

बैंकले अहिले ७८ वटा शाखा कार्यालय,१० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा POS मेसिनबाट सेवा दिइरहेको छ । Bank of the year पाँच पटक प्राप्तगरिसकेको NIBI ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामकअन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award of excellence“Best Bank 2018” अवार्ड प्राप्तगर्न सफल भएको छ । यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A + ल्याई स्त्तरोनन्ति गरेको छ ।