समाचार

पृथकतावाद सानो भएपनि त्यो घातक हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं (नेकपा) अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले पृथकतावादी समुह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन् । “पृथकतावाद सानो भएपनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्वदिएर नै निस्तेज पारेको हो ” उनले भने “राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।”

प्रधानमन्त्रीओलीले पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बतारुएका छन् । “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेरुह पानीबिनाको माछा जस्तो भुट भुटिएका छन् ” उनले भने “राष्ट्रिअखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह्गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।”

उनले विभिन्न आवरणमा चन्दा लिने,लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने उनको भनाइ छ । “देशको शान्ती सुरक्षा र अमन चयन खल्ब ल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुदैनन् ” उनले भने “कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्म ल्याउने कुरा गर्छन् । ति दुवै कुरालाई निस्तेज पारिन्छ । ”देशको अखण्डता,सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे ।