पत्रपत्रिका

सरकार बिखण्डनकारीसँग झुक्यौ भनेर गलत ब्याख्या गरीएको भन्दै गृहमन्त्रीको आपती

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सिके राउतसँग भएको सम्झौताका बिषयमा गरिएका टिकाटिप्पणी सहि नभएको बताएका छन् । सिके राउतले सरकारसँग घुडा टेक्यो भनेर तराई मधेशमा उनका कार्यकर्तालाई उक्साउने काम भएको र सरकार बिखण्डनकारीसँग झुक्यौ भनेर गलत ब्याख्या भइरहेको उनले बताए ।

भैरहवामा भएको प्रदेश ५ स्तरीय सरक्षा बैठकमा सहभागी हुन सोमबार पुगेका थापाले स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा आफ्ना नारा र उद्देश्यहरुलाई अन्तिम बिदाई दिन प्रदर्शन गरेको बताए ।

देशको अखण्डताको रक्षा गर्न प्रतिबद्ध भएर, स्वतन्त्र मधेसको लक्ष्य परित्याग गरेर गठबन्धनले सरकारसँग सम्झौता गरेको थापाले जानकारी दिए । थापाले राज्य विभाजन गर्ने भन्ने बिषय संविधानमै नभएको बताए । कुनै पनि बिषयको जनमत संग्रह गर्न संसदको दुई तिहाईले निर्णय गुर्न पर्ने प्रावधान रहेको उनले स्पष्ट पारे । ‘सरकारले संविधान प्रति कटिबद्ध भएर सम्झौता गरेको छ,’ थापाले भने् । थापाले देशको शान्ती सुरक्षा र अखण्डतालाई रक्षा गर्न सरकार सफल भएको दावी गरे ।