आर्थिक

आगलागी पीडितलाई ज्योति विकास बैँकको सहयोग

काठमाडौँ । ललितपुरको भट्टेडाँडामा रहेको घरमा माघ १४ गते सोमबार साँझ आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योतिविकास बैकले राहत स्वरुप पचास हजार सहयोग गरेको छ ।

फाल्गुन २५ गते शनिबार ललितपूर–१ प्रतिनिधिसभा सदस्य नबराज सिलवाल, प्रदेश सभा सदस्य चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेता हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल,निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति माफँत ज्योति विकास बैंकले सहयोग गरेको पचास हजार समेत गरी सात लाख पाँच हजारको चेक हस्तान्तरण गरिएको छ । ज्योति बिकास बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाउ स्थित शाखा कार्यलयमा खाता खोली बिशेष प्रबन्ध मिलाइएको थियो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM माफँत सेवा उपलव्ध गराउँदै आई रहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थान ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ८२ हजारभन्दा बढि खाताबाट रु. २४.१२ अर्बभन्दा बढिनिक्षेप संकलन गरी १६ हजारभन्दा बढि ऋणी मार्फत रु. २१.३६ अर्वभन्दा बढि लगानीगर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब १० करोड पुग्ने छ ।