सामाजिक सञ्जाल

नेता रावलको सल्लाहः देशको हितमा बोल्दा कसैको टाउको दुःखे ‘देश भक्तिको चक्कि खानुस्’

काठमाडौँ । सत्तारुढ नेकपाका स्थायी समिती सदस्य भिम रावलले आइतबार साँझ सामाजीक संञ्जालमा ट्वीट गर्दैँ, उनले अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देश भक्तिको चक्कि खानु उचित होला भन्दैँ आक्रोश ब्यक्त गरेका छन् ।

सरकार र सीके राउत विच सम्झौँता भएपछी सम्झौताका बुंदामा स्पष्टता नभएको भन्दैँ उनले उक्त सम्झौता दूई देशका बीच भएको सम्झौताको भाषामा गरिएको बिरोध समेत जनाएका छन् ।

पुर्बगृहमन्त्री समेत रहेका नेता रावलले सीके राउतले विगतमा देश टुक्राउन दिएका अब्यिक्तीको बारेमा सहमतीमा केही उल्लेख नभएकोले रहस्यपूर्ण भएको दाबी गरेका थिए । सीके राउतले भाषण गर्दा मैले देश टुक्र्याउने भनी गरीएका सम्पुर्ण क्रियाकलाप गलत थिए र म फिर्ता लिन्छु कतै पनि नभनेकाले यसको रहस्य के हो ? खोजी गरौँ, भन्दैँ सामाजीक संञ्जालमा केहिदिन अगाडी ट्वीट गरेका थिए ।

संयुक्त सरकारको साझा सहमतिको न्यूनतम् कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ ।
अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला ।