अन्तर्राष्ट्रिय

राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिश्पर्धा रोचक हुने –भारत सञ्चार माध्यम

नयाँ दिल्ली । भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागीता जनाउने छन् । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ । नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ ।

उनीहरुको बाहेक देशभरी सय भन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी ९भाजपा० का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । हिन्दु राष्ट्रवादी मुद्धा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाईलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ ।

भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रुपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिश्पर्धा रोचक हुने भारत सञ्चार माध्यमहरुले लेखेका छन् ।