कर्णाली प्रदेश

श्रीमती हत्यारालाई जन्मकैदको फैसला

दुल्लु । दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए। जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आइतबार उक्त फैसला गरेको हो ।

विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको थियो । अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ ।