बाग्मती

जोन्टा क्लब अफ काठमाडौँद्वारा महिलाहरुलाई सम्मान

काठमाडौं । जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरेको छ ।
जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायताका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ । जोन्टा क्लब अफ काठमाडौं स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको छ ।
कार्यक्रममा अपवाद र प्रभावकारी काम गरेर समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागि परेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको छ ।
साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पु¥याउने ४ जना महिलालाई सम्मान गरेको छ । उनीहरुको कामप्रतिको लगनशीलता र उपलब्धीले प्रभाव पार्नुका साथै अन्य महिलाहरुलाई पनि उत्प्रेरित गरेको छ । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई रु २५ हजार प्रदान गरेको छ ।