आर्थिक

सानिमा बैंक नेपाल स्टक एक्सचेन्जमा सूचिकरणमा

काठमाण्डौ । सानिमा बैंकले ऋणपत्र आईतबार सूचीकृत भएको छ । उक्त बैंकको अंकित तथा चुक्ता मुल्य एक हजार कायम भएको ऋणपत्र १३ लाख ५४ हजार ७१२ थान १० प्रतिशत सानिमा डिबेन्चर-२०८५ नेपाल स्टक एक्सचेन्जको आईतबार सम्झौताभई नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरिएको हो । सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।
उक्तऋणपत्रको बार्षिक १० प्रतिशत व्याजदर रहेको तथा १० बर्षमा साँवा फिर्ता भुक्तानी हुने गरी बैंकले काठमाण्डौ क्यापिटल मार्केटको बिक्री प्रबन्धकत्वमा जारी गरेको थियो ।
सानिमा बंैकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७२ वटा एटिएम रहेको प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जनाएका छन् ।