राजनीति

सभापति देउवाको ठोकुवाः ओली सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न सकेन

गलकोट । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तीनै तहको निर्वाचन गराएर नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले हुन सक्ने संवैधानिक सङ्कट टारेको बताएका छन् । अहिलेको सरकारले जनताको स्वतन्त्रतालाई कुण्ठित गरेको आरोप लगाउँदै उनले सरकारको एक वर्षको कार्यकालमा एउटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी गरे ।

काङ्ग्रेस बागलुङले आज आयोजना गरेको आमसभामा सभापति देउवाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेपाल र नेपाली स्वतन्त्र रुपले बाच्न पाउने अभिकारको रक्षा हुनुपर्ने बताए ।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार सहज परिस्थिति हुँदाहुदैँ पनि जनताको अपेक्षाअनुसार कार्य गर्न नसकेको बताए । वर्तमान सरकारको कार्यकालको परिणाम आउन थालेको उल्लेख गर्दै उनले जनतामा निराशा मात्र पैदा गर्ने काम भएको बताए । कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, केन्द्रीय सदस्य अर्जुन जोशी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सभापति देउवा लगायत अतिथीहरु