बाग्मती

दुई विधेयक सम्बन्धित समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रा बैठकले दुई विधेयक दफवार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको थियो ।