अन्तर्राष्ट्रिय

प्रहरी कार्यालयको आक्रमणमा परी नौ प्रहरीको मृत्यु

याङ्गुन । प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।

म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् ।

स्थानीय समयानुसार बिहान ११।२० मा भएको यस आक्रमणमा परी अरु दुई जना घाइते भएका प्रहरीको भनाइ छ ।

उक्त आक्रमण यो ता योके भन्ने ठाउँमा रहेको प्रहरी कार्यालयमा भएको थियो । सो आक्रमण झण्डै डेढ घण्टासम्म जारी रेहको थियो ।

प्रहरीका एक जना उच्च अधिकारीले दिएको जानकारीअनुसार अराकान आर्मीले प्रहरी कार्यालयमा आक्रमण गरेको हो ।

आक्रमणकारीले केही हातहतियारसमेत लिएर भागेका राखिन राज्यको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मारिएका मध्ये अधिकांश अधिकृतस्तरका प्रहरी रहेका समाचारमा जनाइएको छ ।