आर्थिक

जापान स्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना

काठमाडौं । सस्तो, सुलभ र बिश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।

योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्यब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानीपा उनहुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सो भन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ ।

सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनुहुने मध्यबाट २,१३७ जनाको प्रतिब्यक्ति पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा गरिएको जनाइएको छ । सम्पूर्ण बिमितहरुको नामाबली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ ।