साहित्य

युवा गजलकार सागर भट्टको मार्मिक गजल “न्यायको आवाज”

“एक्लो तारा,सारा,प्यारा,रारा,ज्यानमारा,नारा भैदिन्छन”
गजल

एक्लो जुन लाइ हेप्ने हजार  तारा  भैदिन्छन् ।
अरे दसा लाग्दा जब दुश्मन सारा भैदिन्छन्

दुख मा खुट्टा काट्ने छुरा चलाउने आफन्त।
जब सुख मिल्छ नि आएर प्यारा भैदिन्छन्

अन्धकार यो समाजका क्रियाकलाप देखी।
आँखा कहिले फेवा कहिले रारा भैदिन्छन्

सहरको महलमा बस्ने कुबिचारका धनिहरु।
अस्मिता लुटि उसैको ज्यानमारा  भैदिन्छन्

नेताको पो न्याय, अदालत,  सरकार  हुन्छ।
गरीब लाई पीडा र माग अनि नारा भैदिन्छन्

केशवराज भट्ट सागर
जन्म स्थान पा.न.पा १० बैतडी
हाल काठमाडौं