गण्डकी प्रदेश

विद्यालयलाई तीन लाख ५० हजार सहयोग

गलकोट । बागलुङ जिल्लाको सदरमुकामस्थित विद्यामिन्दर माध्यामिक विद्यालयका पूर्वविद्यार्थी सरला श्रेष्ठद्वारा विद्यालयलाई रु तीन लाख ५० हजार सहयोग गरेकी छन् । विद्यामन्दिर माध्यामिक विद्यालयको नवनिर्मित भवनमा कीर्तिबाटिका निर्माण गर्नका लागि सरला श्रेष्ठसहित उनको परिवारले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पले साविक धवलागिरिकै जेठो विद्यालयमा ठूलो क्षति पु¥याएपछि विद्यालय पुनःनिर्माणका लागि २०७३ कात्तिकमा धनधान्याञ्चल आयोजना गरिएको थियो । धनधान्याञ्चलमा सङ्कलन भएको रु पाँच करोड लागतमा सुविधासम्पन्न २६ कोठे विद्यालयको भवन निर्माण गरिएको छ ।

विद्यालय भवन पुनःनिर्माणका सहयोग गर्ने सहयोगी दाताको नाम शिलालेखमा राख्ने, विद्यालय स्थापना गर्ने व्यक्तिको सालिक तथा बगैँचा निर्माणका लागि श्रेष्ठले उक्त रकम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए ।

विद्यालयमा बिट्रिश गोरखा वेलफेयरले समेत रु एक करोड ३२ लाखको लागतमा आठकोठे भवन पुनःनिर्माण गरेको छ । विसं १९९७ मा स्थापना भएको विद्यालयमा हाल १२ कक्षासम्म एक हजार २०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा बागलुङ जिल्लासहित पर्वत, म्याग्दी र मुस्ताङबाट समेत अध्ययनका लागि आउने गरेका छन् ।