सुदूरपश्चिम

उपप्रमुख विष्टद्वारा एक लाखको अक्षयकोष स्थापना

मार्तडी । एक सय नवौँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा “सक्षम नारी सहायता कोष” स्थापना गरिएको छ ।

यहाँस्थित बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले महिला श्रमिक दिवसका अवसरामा रु एक लाखको उक्त कोष स्थापना गर्ने आयोजित कार्यक्रममाघोषणा गरेकी हुँन ।

असाहय, पछाडिपरेका, उपचार नपाएर तड्पिरहेका र हिंसापिडीत महिलाको सहयोगका सो कोष खडा गरिएको र यसमा अन्य सहयोगी निकायले पनि सहयोग गर्न सक्ने उनले बताएन् ।

अक्षयकोष सञ्चालनका लागि कार्यविधि बनाएर संस्थागत रूपले लैजाने नगरपालिकाको योजना रहेको पनि जानकारी दिँदै उपप्रमुख विष्टले त्यस्ता पीडित महिलाको तथ्याङ्क सङ्कलन गरिने जानकारी दिइन् ।