अन्तर्राष्ट्रिय

एकै चोटी सात जना मन्त्री फेरबदल

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गर्नु भरेका छन्।

उनले शुक्रबार सात जना नयाँ मन्त्री नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । अन्तर–कोरिया सम्बन्धलाई मध्यनजर गरेर उनले आफ्नो ५ बर्षे कार्यकालको मध्यतिर मन्त्रीहरु फेरबदल गर्नु भएका हुँन।

सन् २०१७ को मे देखि सुरु भएको आफ्नो कार्यकाल अन्तर्गत अहिले नै सबैभन्दा धेरै फेरबदल भएको अधिकारीहरुले बताएका छन् । यसअघि उनले गत बर्षको अगस्टमा पाँच जना मन्त्री परिवर्तन गर्नु भएको थियो भने नयाँ अर्थमन्त्री गत नोभेम्बरमा नियुक्त भएका थिए ।

नियुक्त भएका मन्त्रीहरुले कार्यभार सम्हाल्नुअघि संसदीय सुनुवाई हुनुपर्ने दक्षिण कोरियाको कानुनी व्यवस्था रहेको छ ।