गण्डकी प्रदेश

तीन विपन्न परिवारलाई सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लबले आफ्नो वडाभित्रका तीन विपन्न परिवारलाई जनही रु पाँच/पाँच हजार सहयोग गरेको छ ।

क्लबमा आबद्ध युवाले देश विदेशमा रहेका ज्यामरुककोटेबाट सहयोग सङ्कलन गरी विभिन्न सामाजिक कार्यका अतिरिक्त गरीब, बिरामी र बेसहारा व्यक्तिलाई सहयोग गरेका हुन् । गत सोमबार सम्पन्न दोस्रो महाशिवरात्रि मेलाबाट बचेको रकम वडाका तीन जना अति विपन्न परिवारलाई जनही रु पाँच/पाँच हजारका दरले सहयोग गरिएको क्लबका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

थापाका अनुसार आफ्ना छोरा बुहारीले दुई जना नातिसहित छोडेर गएपछि बेसहारा बनेकी जमुना विकलाई रु पाँच हजार, गत असोजमा घर लिप्ने रातो माटो खन्ने क्रममा मड्किनोमा पुरिएर मृत्यु भएकी कल्पना बोहोराको परिवारलाई रु पाँच हजार र बेनपा–२ गौश्वारा निवासी भद्रबहादुर किसानको परिवारलाई रु पाँच हजार सहयोग गरिएको हो ।

युवा क्लबमा आबद्ध युवाले परम्परागत संस्कृतिको संरक्षण र खेलकूदको विकास गर्ने उद्देश्यले गाउँमा खेलमैदान र युवा क्लबको आफ्नै भवनसमेत निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानमा अध्ययन वा रोजगारीका लागि गएका युवाबाट सहयोग जुटाएको रु दुई लाख र बाँकी श्रमदान गरेर प्याराफिटसहितको खेल मैदान निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न रु पाँच लाख सहयोग सङ्कलन भएको थियो । “आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुशीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीबाट स्वतःस्फुर्तरुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ”, अध्यक्ष थापाले भने सरकार र सीके राउत बीच भएको सम्झौता दूई देशका बीच भइको सम्झौताको भाषाका किन गरियो ।