सामाजिक सञ्जाल

सरकार र राउतबीचको सहमती विगतको देश टुक्राउने अभिब्यक्तीमा माफ नमाग्नु रहस्यपूर्णः नेता रावल

काठमाडौँ । नेकपाका स्थाइ कमिटी सदस्य भिम रावलले सरकार र सीके राउत विच भएको सम्झौता दूई देशका बीच भएको सम्झौताको भाषामा किन गरिएको हो  भन्ने प्रश्न गरेका छन् । पुर्बगृहमन्त्री समेत रहेका नेता रावलले सीके राउतले विगतमा देश टुक्राउन दिएका अब्यिक्तीको बारेमा सहमतीमा केही उल्लेख नभएकोलाई रहस्यपूर्ण भएको दाबी गरेका छन् । सीके राउतले भाषण गर्दा मैले देश टुक्र्याउने भनी गरीएका सम्पुर्ण क्रियाकलाप गलत थिए र म फिर्ता लिन्छु कतै पनि नभनेकाले यसको रहस्य के हो ? खोजी गरौँ भन्दैँ सामाजीक संञ्जालमा शुक्रबार ट्वीट गरेका छन् ।

“सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनु को रहस्य खोजौं ।”