राजनीति

धनराजको दाबीः ओली सरकार र राउतबीचको सहमती, नागरिकता बिधेयक दुबै राष्ट्रघाती

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले ओली सरकारले स्वतन्त्र मधेसका अभियान्ता सीके राउतसंग गरेको सहमती राष्ट्रघाती भएको संकेत गर्दै प्रश्न गरेका छन् । नेता गुरुङले राष्ट्रघाती नागरिकता बिधेयक संसदमा पेश गरेको दाबी गर्दै सीके राउतसंगको सहमतीले समस्या समाधान गर्न नसक्ने दाबी औंल्याउदै ओली सरकारसंग जवाफ मागेका छन् । उनको ट्वीट जस्ताको तस्तैः
एकातिर राष्ट्रघाती नागरिकता विधेयक संसदमा पेश गरेर अगाडि बढाउने र अर्कोतर्फ राजनैतिक समस्याको समाधान जनअभिमतबाट गर्ने भनि स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सम्झौताले समस्याको समाधान गर्छ कि राष्ट्रघात ? जवाफ पाउँ है