राजनीति

डा भट्टराईको प्रधानमन्त्रीलाई प्रश्नः सरकारले जनमत संग्रह स्वीकारेको हो ?

काठमाण्डौ । नयाँशक्ती नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र सीके राउन बिचको सहमतीको गन्तब्य के हो भन्ने नखुलेको दाबी गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेकपा अध्यक्ष केपी ओली सरकारलाई, सरकारले जनमत संग्रह स्वीकार गरेको हो ? भन्ने प्रश्न गरेका छन् । उनको ट्वीट जस्ताको तस्तैः

“११बुँदे पछि सिके राउतको यो भाषण अर्थपूर्ण छ ! अहिंसाको बाटो प्रष्ट छ ! तर गन्तब्य के ? खुलेको छैन ! जनमतसंग्रहको कोर माग कायम छ ! तर केकानिम्ति खुलाइएको छैन ! सरकारले जनमतसंग्रह स्वीकारेको हो? अब प्रष्ट गर्ने पालो सरकारको हो ! नत्र घीउ बेचुवा र तरवार बेचुवाको कथा जस्तो होला! दुवै पक्ष बोलून् !”