बाग्मती

व्यवसायी गुरुङको घरमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौँ । बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्रबार साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ
 गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो 
आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज 
सुवेदीले बताए । घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।