समाचार

सिके रावतद्वारा राष्ट्र विखण्डनको एजेण्डा परित्यागको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच भएको सहमतिको स्वागत गरेको छ ।

पार्टीका सञ्चार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्दै आएका सिके रावतले विखण्डनको एजेण्डा परित्याग घोषणा गर्नु सकारात्मक रहेको उल्लेख छ । पार्टीले राष्ट्रिय अखण्डताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख छ । विज्ञप्तिमा विखण्डनकारी मानसिकता र प्रवृत्ती जन्माउने आधारको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।