समाचार

नगरव्यापी जनचेतनामूलक ¥याली आयोजना

काठमाडौँ । नारी सम्मानको आह्वान गर्दैै १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिकाले नगरव्यापी जनचेतनामूलक ¥याली आयोजना गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय बेँशीगाउँबाट शुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गरी जोरपाटीस्थित बाँहुनधारामा पुगेपछि सभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न विद्यालय, सामाजिक संस्थालगायत नगरवासीको सहभागिता थियो । सहभागीले नारीलाई समान व्यवहार गर, महिला हिंसा बन्द गर, महिला हिंसा गर्नेमाथि कारवाही गरलगायत नारा लगाएका थिए ।

सभालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख सन्तोष चालिसेले नगरक्षेत्रमा महिलाको समान पहुँच स्थापना गर्न नगरपालिकाले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धता जनाए । महिला हिंसाको अन्त्यका लागि सामूहिक दबाब आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रम संयोजक एवं नगर उपप्रमुख शान्ति नेपालले नगरवासीमा जनजागरणका लागि नगरभर ¥यालीसहित सभा आयोजना गरिएको बताए ।