बाग्मती

दशनामीको राष्ट्रिय महाधिवेशन विराटनगरमा

भक्तपुर । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।

केन्द्रीय कार्यालय माइतीघरमा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले आगामी चैत २ र ३ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन हुने सञ्चारकर्मीलाई जानकारी दिए। सो महाधिवेशनमा देशभरका करीब ५०० प्रतिनिधि र स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी पर्यवेक्षकको सहभागिता रहनेछ । महाधिवेशनले विधान संशोधनसहित विभिन्न प्रस्ताव पारित गरी नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष गिरीले जानकारी दिए । समाजको ६६ जिल्ला र सात प्रदेशबाट प्रतिनिधि चयन भएर आउने तथा महाधिवेशनको तयारी पूरा भएको उनले बताए ।