समाचार

प्रदेशसभा सदस्य देवकी मल्ल सकुशल अवस्थामा

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा आएकी छन् ।

गृह जिल्ला बझाङमा पार्टीको कार्यक्रममा भाग लिएर फर्किदै गर्दा प्रदेशसभा सदस्य मल्ल आज सम्पर्कविहीन हुनुभएको हल्ला चलेको थियो । बझाङको बिजगडामा उनी सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले टेलिफोनमा जानकारी दिए । उनी अपहरणमा परेको वा नपरेकोबारे पुष्टि हुन नसकेको धितालले बताए ।