राजनीति

प्रधानमन्त्री ओली विप्लवप्रति अत्यन्तै कडा, आवश्यक परे टाउकाको मोल तोक्ने दिए संकेत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवले गर्दा आफ्नो पार्टीको नाम (नेकपा) भन्न लाज लागेको बताएका छन् । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग राजनीतिक सहमति सभामा बाल्दै प्रधानमन्त्रीले नागरीकलाई तर्साएर लुट्नका लागि कम्युनिष्टको नाममा राजनीति गरेर बद्नाम नगर्न विप्लव नेतृत्वको नेकपालाई चेतावनी दिएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव नेकपा लुट्ने कार्यमा मात्र लागेको बताउदै कम्युनिष्ट पार्टी भएर जनताको सम्पती लुट्ने कार्य गर्दा आफूलाई हिनताबोध हुने विचार ब्यक्त गरेका छन् । विप्लवप्रंति आक्रोशित हुंदै प्रधानमन्त्री ओलीले अरु कोही लुटेरा भए उक्त समूहको नाम लुटेरा बिप्लव राखे हुने सुझाव समेत दिएका छन् । प्रधानमन्त्रीको उक्त आक्रोसले सरकारले विप्लव नेकपा बिरुद्ध कडा रुपमा प्रश्तुत हुने र आवश्यक परे टाउकाको मोल समेत तोक्ने संकेत देखिएको छ ।