समाचार

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान

नवलपरासी । हेल्पिङ ह्याण्डस नामक संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्र र विपत् जोखिम न्यूनीकरणमा उल्लेखनीय सहयोग पुर्याएवापत नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष एवम् अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार हरि शर्मालाई ‘उषा–प्रकाश पत्रकारिता सम्मान’बाट सम्मान गरेको छ ।

यसैगरी शिक्षा क्षेत्रमा योगदान पुर्याएवापत सात पूर्वशिक्षक एवं प्राध्यापकलाई ‘प्रकाश–सञ्जय शिक्षक सम्मान’ र सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत ‘पवनदेवी सामाजिक सम्मान’बाट तीनजनालाई सम्मान गरिएको छ ।

परासीमा बिहिबार आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता र संस्थाका संरक्षक प्रकाशचन्द्र श्रेष्ठले संयुक्तरूपमा उनहरुलाई सम्मान गरे।

भूकम्पको समयमा नवलपरासी, धादिङ, गोरखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा राहत र शैक्षिक सामग्री वितरण गरेको हेल्पिङ ह्याण्डस् हाल सामाजिक क्षेत्रमा क्रियाशील छ ।