बाग्मती

८ महीनासम्म एउटा बलात्कारी पक्राउ नपर्नु सरकारले नचाहेको हो, नसकेको होइन ? – महिला नेत्री

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छन् छ ।

१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गरिन् । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन  सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भनीन् । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि त्यो प्रर्याप्त हुन नसकेको गुनासो गरिन्। उनले आरक्षण ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै स्थानीय निकायमा प्रमुख जति सबै पुरुष र उपप्रमुखजति सबै महिलालाई दिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
नेकपाकी नेत्री तथा सांसद शान्ता चौधरीले निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउनु सरकारको प्रमुख मुद्दा भएको बताउँदै बलात्कारी पत्ता लाग्नेमा शङ्का नगर्न आग्रह गरे ।