लुम्बिनी

वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका परिवारले पाए क्षतिपूर्ति

म्याग्दी ।  म्याग्दी वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका पूर्णबहादुर सार्कीको परिवारलाई कतार सरकारले कतारी रियल दुई लाख अर्थात् नेपाली रु ६१ लाख ८० हजार क्षतिपूर्ति दिएको छ ।

पाँच वर्षअघि डिर्पोटसन सेन्टर ९घर फिर्ती केन्द्र० मा भएको आगलागीमा परी मृत्यु भएका सार्कीको परिवारलाई कतार सरकारले पाँच वर्षपछि क्षतिपूर्ति उपलब्ध गराएको म्याग्दी प्रवासी सङ्घ ९मोना० कतारका महासचिव राजु पौडेलले बताउनुभयो । उहाँका अनुसार मृतक सार्कीको क्षतिपूर्तिका लागि कानूनी प्रक्रिया पूरा गर्नका लागि स्व सार्कीकी भाइबुहारी शान्ति सार्की कतार पुग्नुभएको थियो । कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले क्षतिपूर्ति रकम हस्तान्तरण गरेको थियो ।

क्षतिपूर्ति प्राप्त भएपछि स्व सार्कीका छोराछोरीको लालनपालन र शिक्षादीक्षामा सहज भएको बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार सो रकम बैंङ्किङ प्रणालीमार्फत स्व सार्कीका छोराछोरीको भविष्यका लागि प्रयोग गरिनेछ । मृतक सार्कीका दुई छोराछोरी छन् भने उनकी श्रीमतीले दोस्रो विवाह गरेकी छन् ।