अन्तर्राष्ट्रिय

आफ्नो पार्टीका नेताहरु देशका लागि सहिद बन्न पनि तयार –काँग्रेसका नेता गान्धी

कङ्ग्रा । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ ।

“हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ, तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण गर्र्यो” गान्धीले भने ।

उनले प्रतिपक्षी दल काँग्रेस र अन्य दलहरुले सरकारप्रति देखाएको एक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गरे ।
आउँदो आम निर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरु देशका लागि सहिद बन्न पनि तयार रहेको बताए ।