पु.समाचार

सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौ । तराई-मधेसमा विवादस्पद कृयाकलाप गर्दै आएका सिके राउतलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोक्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

 जिल्ला अदालत रौतहटले गएको मंसिर २० गते राउतलाई राज्यविरुद्धको सांगठनिक अपराध अन्तर्गत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

राउतलाई यसअघि राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले जिल्लाको आदेश बदर गर्दै राउतलाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो  ।