आर्थिक

आइएमई लाइफइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा पोख्रेलको नियुक्ति

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेलको नियुक्ति भएका छन् । कम्पनीको संस्थापक शेयरधनीहरु मध्येएक्रशमनी ट्रान्सफर प्रा. लि रहेको छ ।

उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहेका थिए । उनको राजिनामा पश्चात रिक्त रहेको उक्त सञ्चालक पदमा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपकशर्मा पोख्रेललाई चयन गरीएको हो ।

यस कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरेकोमा सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गर्यो । नवनियुक्त सञ्चालक समितिका सदस्य दिपकशर्मा पोख्रेललाई स्वागत गरी इश्वर कुमार कार्कीलाई बिदाई गरीयो ।