राजनीति

काँग्रेस कार्यसमिति बैठक चैत्र ४ गते

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार विहान चैत्र ४ गते ११ः०० बजे बस्ने बताईएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि मुख्यसचिव पौडेलले अनुरोध गरेका छन् ।

नेबिसंघ बिघटन पघि नयाँ तदर्थसमिति बनाउने लगायतका निर्णय हुनसक्ने अनुमान उक्त बैठकमा गरिएको छ ।