लुम्बिनी

विप्पलब नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरीको गोली लागि घाइने

 कपिलवस्तु ।  विप्पलब नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरीको गोली लागि घाइने भएका छन् ।

प्रहरीले शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा घरबाट भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुद रोका घाइने भएका हुँन् । प्रहरीले घटना बारे जानकारी नदिए पनि प्रत्यक्ष दर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् ।

रोकाको लुम्विनी अञ्चल अस्पताल बुटवलका उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी ,३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाको बारेमा भने थप पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ