समाचार

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

खोटाङ । प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागाईं निर्विरोध चयन भएका छन् । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागाईं अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिवमा दीपा बस्नेत र कोषाध्यक्षमा खेमराज अधिकारी चयन भएका छन् । अधिवेशनले १५ सदस्य समिति निर्माण गरेको जनाइएको छ ।

केन्द्रीय प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उजिर कार्की, अमृत गिरी, रविना सुवेदी र मनिषा गिरी चयन भएका छन् । प्रदेश प्रतिनिधिमा गोपाल राई, सुनिता राई, अश्विन राउत, सरिता राजभण्डारी, ओजनबाबु आचार्य, समराज राई, तारानाथ फुयाल र इन्द्रकला राई चयन भएका छन् । अध्यक्ष चौलागाई नेपाल पत्रकार महासङ्घका जिल्ला सचिवसमेत छन् ।