राजनीति

नेपाल आफैँमा विश्वमा कहिपनि नभेटिने सङ्ग्रहालय होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।

” उनले नेपाल जस्तो विश्वमा कतैपनि नभेटिने नेपाल संग्रालय भएको संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।