अन्तर्राष्ट्रिय

आत्मघाती आक्रमणमा परी सोह्रको जनाको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

यस युद्धगस्त देशमा यो पछिल्लो रक्तपातपूर्ण घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोग्यानीले यस आक्रमणमा परी १६ जनाको मृत्यु हुनुको साथै अन्य ९ जना घाइते भएका पुष्टि गर्नु भएको छ ।

यसअघि नै प्राप्त समाचारमा जलालाबाद विमानस्थलको अगाडिको एक निजी कम्पनीलाई लक्ष्य गरेर आतङ्ककारीहरुले आक्रमण शुरु गरेका र विस्फोटपछि ठूलै मानवीय तथा सम्पत्तीको क्षतिको आशङ्का गरिएको थियो ।